साझेदारी गर्नुहोस्

संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालले न्यायका ‌लागि शान्तिपूर्ण सडक आन्दोलन गरेको छ।

काठमाडौंको बागमती किनारमा बसोबास गर्दै आएका सुकुम्बासीले बस्ती खाली गर्न भन्दै महानगर र बागमती सभ्यता सर्वाधिकार सम्पन्न समितिले भनेपछि उनीहरू लामो समयदेखि आन्दोलित छन्।

डोजर चलाएर उनीहरूलाई उठिबास लगाउन लागेको भन्दै सुकुम्बासीहरू आक्रोशित बनेका छन्। राम्ररी व्यवस्थापन नगरी आफूहरूलाई हटाउन नमिल्ने उनीहरूको भनाइ छ।

आफूहरूलाई उठिबास लगाउन लागेको भन्दै सुकुम्बासी बस्तीका मानिसहरू भेला भएर शुक्रबार माइतीघरमा धर्ना दिएका हुन्।

उनीहरू आज दिउँसो १२ बजे माइतीघर मण्डलमा भेला भेला भएका थिए। त्यहाँबाट उनीहरू बानेश्वरतर्फ लागेका हुन्।

भु-स्वामित्वसहितको लालपुर्जा वितरण गर, स्थायी विकल्प बिना उठिबास बन्द गर, भूमि अभियन्तामाथि लगाइएका झुटा मुद्दा निःशर्त तत्काल फिर्ता गर लगायतका प्लेकार्ड बोकेर प्रदर्शन भएका थिए।