साझेदारी गर्नुहोस्

यो संघीय संसदमा सत्ता पक्षका बारेमा खासै चर्चा छैन । तर विपक्षी दलका बारेमा अहिले चर्चा चल्न थालेको छ । विपक्षी दलको सम्वन्धमा विभिन्न किसिमका तर्क वितर्क सुनिन्छ । हाम्रो देशमा विज्ञ भनिनेले पनि आफू खुशी भएर व्याख्या गरेको पाइन्छ । एकताका सांसद नभएको व्यक्ति मन्त्री हुनु अपवाद मात्र हो भनेर जसले व्याख्या गरे, तिनैले आफ्नो स्वार्थमा सो व्याख्या नमिल्ने भएपछि आफ्नै व्याख्या संशोधन गरेर विज्ञता देखाए ।