साझेदारी गर्नुहोस्

अभिनेता अनमोल केसी फिल्म ‘एक्स नाइन : लेभल वान’बाट बाहिरिएका छन् । अनलाइनखबरसँग कुरा गर्दै उनले निर्धारित समयमा छायांकन सुरु हुन नसकेका कारण आफूले फिल्म गर्न नसक्ने बताए । उनले फिल्मको ‘साइनिङ अमाउन्ट’ (पेश्की रकम) पनि फिर्ता गरेका छन् ।

‘उहाँहरु २०२१ को अक्टोबरमै सुटिङमा जानुपर्ने थियो । अहिलेसम्म पनि छायांकन सुरु गर्न सक्नुभएन । मैले अन्य प्रोजेक्टहरु पनि गर्नुपर्ने हुन्छ । यही कारण मैले उक्त फिल्म छाडेको छु,’ अनमोलले भने, ‘सम्झौता त एक वर्षअघि नै सकिएको थियो । सुटिङ पनि सरेको सर्‍यै भयो । फेरि पनि जाने सम्भावना देखिएन ।’