साझेदारी गर्नुहोस्

केही महिनायता अर्थतन्त्रको वाह्य सूचकमा देखिएको सुधारको प्रमुख कारक रेमिट्यान्समा भएको वृद्धि हो । नेपालको अर्थतन्त्र रेमिट्यान्सले नै धानेको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार साउनदेखि मंसिर महिनासम्म ४ खर्ब ८० अर्ब ५० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । पोहोरको यहीं ५ महिनाको तुलनामा अहिले २३ प्रतिशतले रेमिट्यान्स बढेको हो ।