साझेदारी गर्नुहोस्

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले विकास निर्माणका काममा सरकार जिम्मेवार भएर लाग्ने बताएका छन् ।

शुक्रबार ललितपुरको भैँसेपाटी सडकखण्डको अवलोकन गर्न पुगेका उनले यस्तो बताएका हुन् । उनले विकास निर्माणका लागि नेपाल विद्युत् प्राधिकरण, खानेपानी, मेलम्ची आयोजना, दूरसञ्चार र सडक विभाग सबै मिलेर काम गर्नुपर्ने आवश्यकता रहेको बताए ।
उनले समन्वयको कमी र आफ्नो जिम्मेवारी बोध गर्न नसक्दा यसअघि विकास निर्माणको क्षेत्रमा देशले आवश्यक काम गर्न नसकेको भन्दै अब पनि सरकारले विकास निर्माणमा तमासा हेरेर नबस्ने बताए ।