साझेदारी गर्नुहोस्

बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउन प्रमुख सचिवको संयोजकत्वमा कार्यदल गठन गरेको छ

नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलले पदभार ग्रहण गर्दै प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेका छन् ।

कार्यदललाई बागमती प्रदेशमा उपयुक्त मन्त्रालयको संख्या सिफारिस गर्न १५ दिनको समय तोकिएको छ ।

यसैगरी पुस मसान्तभित्र संघीय सरकारमा पठाउनुपर्ने विशेष र समपुरक आयोजनाका सम्बन्धमा पनि निर्णय गरिएको उनले जानकारी दिए।

पछिल्लो मन्त्रिपरिषदमा बागमती प्रदेशमा १४ मन्त्रालय थिए । चार राज्यमन्त्रीसहित १८ मन्त्री भएपछि ‘झ्याल झ्यालमा मन्त्रालयको बोर्ड टाँगियो’ भन्दै प्रदेश सरकारको आलोचना हुँदै आएको छ ।

मुख्यमन्त्रीमा नियुक्त भएलगत्तै जमकट्टेलले सोमबार बागमतीमा बढीमा ११ मन्त्रालय हुने बताएका थिए ।