सत्तारुढ दलहरुले लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको तयारी सुरु गरेका छन् । प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा दावी पेश गर्न २७ पुससम्मको समय दिएका छन् ।
आइतबार सत्तारुढ दलका शीर्ष नेताहरुबीच लुम्बिनी सरकारको नेतृत्व एमालेले पाउने सहमति भएपसँगै एमालेले अन्य दलहरुसँग छलफल अघि बढाएको छ ।
लुम्बिनीमा एमाले प्रदेशसभा संसदीय दलका नेता लिला गिरी मुख्यमन्त्री बन्ने करिब पक्का भएको छ । सोमबार प्रदेशको स्थायी राजधानी देउखुरीको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा दिउँसो २ बजेदेखि प्रदेश सरकार गठन गर्नका लागि सत्तारुढ दलहरुबीच छलफल चलिरहेको छ ।
लुम्बिनीमा ८७ जना प्रदेश सांसद छन् । जसमा सरकार गठनका लागि ४४ जनाको आवश्यक्ता पर्छ । सत्तारुढ दलसँग एमालेका २९, माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्तिको ४/४, जसपाका ३, जनमत पार्टीका ३ जना गरी ५३ सांसद छन् ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण