साझेदारी गर्नुहोस्

प्रचण्ड सरकारलाई समर्थनमात्र गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि सरकारमा जाने लगभग निर्णय भएको छ । बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा उपस्थित ९० प्रतिशतभन्दा बढी सदस्यले प्रचण्ड सरकारमा सहभागी हुनुपर्ने धारणा राखेको हो । बैठकमा सहभागी प्राय सबैले सरकारमा जानुपर्ने भनेपछि पार्टी सरकारमा सहभागी हुने भएको बताइएको छ । ९० प्रतिशतभन्दा बढी सदस्यले सरकारमा सहभागी हुनुपर्ने भनेपनि अन्तिम निर्णय भने केहीबेरमा हुने बताइएको छ ।