रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक सांसदको नाम टुंगो लगाएको छ । रास्वपाले समानुपातिक पद्धतिबाट पाएका १३ जना सांसद चयन गरेको हो ।
जानकारी अनुसार अनुसार आदिवासी जनजातिबाट डा. ढाकाकुमार श्रेष्ठ, इन्दिरा राना मगर र सुमना श्रेष्ठ, खस आर्यबाट डा. चन्दा कार्की, डोलप्रसाद अर्याल, निशा डाँगी, विनिता कठायत तथा दलितबाट सन्तोष परियार र शिव नेपाली चयन भएका छन् ।
यसका साथै थारुबाट अशोक चौधरी, मुस्लिमबाट असिम साह र मधेशीबाट लक्ष्मी तिवारी र मनिष झा छनोट भएका छन् ।