साझेदारी गर्नुहोस्

उपाधिको बलियो दावेदार पूर्वविश्व विजेता स्पेनलाई पेनाल्टी शुटआउटमा हराउँदै मोरक्को कतारमा जारी फिफा विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

स्पेनलाई टाइब्रेकरमा ३–० ले स्तब्ध पार्दै मोरक्को विश्वकपको इतिहासमा पहिलोपटक क्वाटरफाइनलमा पुग्न सफल भएको हो।

निर्धारित र थप गरिएको अतिरिक्त समयमा पनि कुनै गोल निस्कन नसकेपछि खेल टाइब्रेकरमा लम्बिएको थियो । त्यसमा मोरक्कोले बाजी मार्‍यो।