काठमाडौं, ५ मा उम्मेदवारी दिएका लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार प्रदीप पौडेलको पक्षमा जनलहर बढ्दै गएको छ ।
पौडेलको पक्षमा निर्वाचनको माहौल बढ्दै गएपछि, एमालेका उम्मेदवार ईश्वर पोखरेल रक्षात्मक भएका छन् । भष्ट्राचार काण्डमा परेर बदनाम छवि बनाएका कारण ईश्वर पोखरेल चुनाव हार्ने सम्भावना बढेको हो ।
पौडेल सँग चुनाव हार्ने निश्चित भएपछि, काठमाडौं, ५ भित्र पर्ने एक होटलमा आफू निकट व्यक्तिहरूलाई भेला गरेर प्रदीप पौडेलका बारेमा प्रायोजित समाचार बनाउन निर्देशन दिएका छन् ।
सो भेटघाटमा सहभागी एक व्यक्तिका अनुसार, पोखरेलले विभिन्न भ्रामक समाचार र तथ्यहीन हो हल्ला नगरे अब चुनाव जित्न नसकिने बताएका छन् ।
ईश्वर पोखरेल कोरोनाको भष्ट्राचार प्रकरण अर्थात् ओम्नी काण्ड, यति काण्डका साथै पानी ट्याकंी काण्डका कारण बदनाम छन्, काठमाण्डौं, ५ का आम मतदातामा उनीप्रति आक्रोश छ ।
लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार प्रदीप पौडेल प्रति भने मतदाता सकारात्मक छन् । बेदाग छवि अनि युवामाझ लोकप्रिय रहेका कारण आम मतदाताहरू पौडेलप्रति सकारात्मक छन् ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
काठमाडौं ५ को जनताको रोजाइमा नेता प्रदिप पौडेल
















