साझेदारी गर्नुहोस्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवन क्षेत्र नम्बर ३ मा दिनेश कोइरालालाई जिताउनुपर्ने बताएका छन्। कोइराला राजनीति बुझेको र लोकतान्त्रिक चरित्रको भएको ओलीले बताए। साथै एमालेलाई सुदृढ लोकतान्त्रिक शक्ति बनाउनका निम्ति उनले आग्रह गरेका थिए। ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति पनि कटाक्ष गरेका छन्। चितवनमा घर बनाएका प्रचण्ड बास बस्नका निम्ति गोरखा पुगेको भन्दै उनले कटाक्ष गरेका हुन्। ‘चितवनमा धाकधक्कु लगाएर घर बनाएर बास बस्न गोरखा पुगे प्रचण्ड। चितवनमा आफ्नो घर बनाउने बाहेक के काम गर्नुभयो?’ ओलीले प्रश्न गरे।