बलिउड अभिनेत्री मनिषा कोइरालाले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई विजयी गराउन आम मतदातालाई आह्वान गरेकी छन् । शुक्रबार काठमाडौंमा आयोजित राप्रपाको चुनावी सभामा बोल्दै उनले राजेन्द्र लिङदेनको नेतृत्वबाट आफू प्रभावित भएकाले आफूले राप्रपाका उम्मेदवारलाई रोजेको पनि स्पष्ट पारेकी छन् ।
‘भ्रष्टाचार गर्नु आमाको रगत खानु सरह’ रहेको कुरा लिङदेनले भनेपछि आफू त्यसको पक्षमा मनैदेखि उभिएको उनको भनाइ थियो । अभिनेत्री कोइरालाले विपीको विचारलाई पनि लिङदेनले आत्मासात गरेकोमा आफूलाई गर्वबोध भएको बताएकी छन् ।