हिन्दुहरूको महान ग्रन्थ मध्यको एक गीताले ‘कर्म गर्दै जाउ फलको आशा नगर’ भने जसरी होटल याक एण्ड यतीमा लडेर खुट्टामा लागेको चोटको पर्वाह नगरी जनताको घरदैलोमा व्यस्त हुनुहुन्छ विनय रावल । रावलले विकसित व्यवस्थित बर्दियाको अवधारणा(भिजन)लाई आफ्नो कर्म ठानेर अगाडि बढीरहनुभएको छ । बर्दियालाई युवा नेता रावलले आफ्नो कर्मथलोको रुपमा हृदयंगम गर्नुभएको छ भने बर्दियाका जनताले पनि खुला हृदयले अंगाल्दै उहाँको आगमनलाई स्वागत गरेका छन ।
राप्रपाका प्रभावशाली युवा नेता तथा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ बर्दिया-२ का उम्मेदवार विनय रावल आफू अस्वस्थ भएपनि बर्दियाका जनताको स्वास्थ्य, शिक्षा, व्यवस्थित बसोबास तथा कृषि पर्यटनमा बर्दियालाई आत्मनिर्भर बनाउने अनवरत यात्रामा निस्कनुभएको छ जसको परिणामको फल गीताले ‘कर्म गर्दै जाउ फलको आशा नगर’ भने जसरी रावलले पाउनुहुने नै छ ।