साझेदारी गर्नुहोस्

गठबन्धनले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन परिचालन समन्वय समिति गठन गरेको छ। बालुवाटारमा बिहीबार बसेको शीर्ष नेताहरूको बैठकले उक्त समिति गठन गरेको हो।

त्यस्तै अपील प्रकाशनको जिम्मा चार नेतालाई दिइएको छ। जसमा प्रकाशशरण महत, हितमान शाक्य, प्रमेश हमाल र हिमलाल पुरी रहेका छन्।

गठबन्धनले संयुक्तरुपमा चुनावीसभा समेत गर्ने भएको छ। गठबन्धनले सातवटै प्रदेशमा चुनावीसभा गर्ने भएको हो। जसमा कात्तिक ४ गते पोखरा र बुटवल, ५ गते विराटनगर र जनकपुर, धनगढी र सुर्खेत र ७ गते काठमाडौंमा चुनावी सभा आयोजना हुनेछ।