साझेदारी गर्नुहोस्

एघारौं संस्करणको ‘नेपाल किड्स आईकन’  को अन्तिम स्पर्धा राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको छ। एएनपी मिडिया हाउसद्वारा आयोजित उक्त प्रतियोगितामा ‘सिनियर गर्ल्स’, ‘व्वाइज ग्रुप’, ‘टीन गर्ल्स’ र ‘जुनियर गर्ल्स’ गरी चार समूहका मुख्य बिजेता घोषित भए ।

‘सिनियर गर्ल्स’तर्फ स्वर्णिमा जोशी विजयी भएकी छिन । परिधी कंडेल फर्स्ट रनर अप , कृष्णा लामा सेकेन्ड रनर अप, सुनैना महर्जन थर्ड रनर अप, अश्मिन लामा पब्लिक चोईस घोषित हुँदा मस्ट पपुलर तर्फको अवार्ड आराध्य भट्टराईले जित्न सफल भईन।

प्रतियोगिताको ‘व्वाइज ग्रुप’तर्फ मियोद महर्जनले शिर्ष उपाधी जितेका छन । त्यसैगरी सर्भिल शर्मा बोहोरा फष्ट रनर अप, राघव भट्ट सेकेण्ड रनरअप घोषित भए भने आर्यन बिष्ट पब्लिक चोईस अवार्ड र पृथ्वीराज थापा मस्ट पपुलर बन्न सफल भए।

यस्तै ‘टीन गर्ल्स’तर्फ प्रसिद्दी जोशीले शिर्ष उपाधि जितेकी छिन। स्वस्तिका कार्की फर्स्ट रनर अप, एन्जल तिमिल्सिना सेकेण्ड रनर अप साथै तिमिल्सिनाले मस्ट पपुलर अवार्ड समेत हात पारिन भने शालिनी थापा पब्लिक चोईस अवार्ड विजेता घोषित भईन।

प्रतियोगितामा ‘जुनियर गर्ल्स’ तर्फ भने रिया थापा विजयी भईन। श्रद्धा खड्का फर्स्ट रनर अप, कृष्टिना श्रेष्ठसेकेन्ड रनर अप, पूजा सुबेदी थर्ड रनर अप, निहारिका खत्री फोर्थ रनर अप, यनोहा रोका मगर मस्ट पपुलर  घोषित हुँदा श्रेषा श्रेष्ठले पब्लिक चोईस अवार्ड हात पार्न सफल रहिन।

सुमी बानियाँको कोरियोग्राफी रहेको उक्त प्रतियोगितामा बालबालिकाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, अन्तर्निहित क्षमता उजागर , प्रतियोगीको प्रतिभा प्रस्फुटन, उच्च शिक्षा अध्ययनमा सहयोग पुर्याउने तथा नेतृत्वदायी क्षमताको विकास गर्दै उज्ज्वल भविष्य निर्माणमा सहयोग पुर्याउन उद्देश्यले लगातार एएनपी मिडिया हाउसले विगत एघार वर्षदेखि ‘नेपाल किड्स आईकन’ प्रतियोगिता संचालन गर्दै आएको आयोजक संस्थाका अध्यक्ष लव बहादुर कार्कीले जनाए । कार्यक्रमको कोअर्डिनेटर शम्भु रेग्मि हुन भने ईभेन्ट व्यबस्थापन लोमस कार्कीले गरेका थिए । प्रतियोगिहरुको पहिरनको डिजाईन पेजेन्ट नेपालले गरेको थियो ।