नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीलाई पार्टीले गुल्मी क्षेत्र नम्बर –२ बाट प्रतिनिधी सभा उमेदवराका लागि सिफारिस गरेको छ। शनिवार गुल्मीको सदरमुकाम तम्घासमा बसेको सो पार्टीको जिल्ला कमिटी बिस्तारित बैठकले झाँक्रीलाइ उम्मेदवारमा सिफारिस गरेको हो । नेकपा एमालेका सचिव गोकर्णराज बिष्ट पनि सोही क्षेत्रबाट सिफारिस भएको हुँदा उनिहरु बीच रोचक टक्कर पर्ने देखिएको छ । उता क्षेत्र नम्बर – १ मा सोही पार्टीका केन्द्रीय सदस्य प्रमेश पोखरेल सिफारिस भएका छन् । झाँक्री गुल्मी २ बाट गठबन्धनको साझा उमेदवार हुने प्रवल सम्भावना समेत देखिएको छ । यदी त्यो भएमा गोकर्ण बिष्टका लागि विगतमा जस्तो सजिलो हुने छैन । तपाई गुल्मी क्षेत्र नम्वर २ बाट गठबन्धनको साझा उमेदवार हुने चर्चा छ । तपाईको चुनावी टक्कर हिजो तपाईकै पूर्वसहकर्मी एमाले नेता गोकर्ण बिष्ट संग पर्ने देखिन्छ नि ? भन्ने प्रश्नमा नेतृ झाँक्रीले भनिन्– ‘उमेदवार चयनको प्रकृया भई रहेको छ । गठबन्धनबाट आफु साझा उमेदवार भईयो भने उहाँ र म फरक फरक पार्टी र फरक फरक बिचारबाट प्रतिनिधीत्व गर्ने भएकाले अबश्स्य प्रतिस्पर्धा हुनेछ, तर मलाई लाग्छ मित्रवत प्रतिस्पर्धा होला।’
केहि दिनअघि एकीकृत समाजवादी गुल्मीका अध्यक्ष नरेश भण्डारी र ईन्चार्ज गणेश खनाल सहित ७ जना कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेको बिषयलाई नेकपा एमाले एकिकृत समाजवादी र आफूहरु बीच पार्टी एकता भएको व्यानर सहित प्रचार गरेको थियो । त्यस यता गाउँ गाउँमा पनि एकिकृत समाजवादी एमालेमा समाहित भई सक्यो भन्ने प्रचार भईरहेको बताईन्छ नि रु भन्ने प्रश्नमा पूवृमन्त्रीसमेत रहेकी झाँक्रीले भनिन् – ‘उहाँहरुले त्यस्तो हल्ला चलाएको र गलत प्रचार गरेको त्यो सत्य हो । दुई जना मान्छे गए भन्दैमा पार्टी एकताको ब्यानर राखेर जुन हल्ला र गलत प्रचार गरिरहनु भएको छ त्यो उहाँहरुको हतास र पराजित मानसिकताको उपज हो ।’






















