साझेदारी गर्नुहोस्

पाँच दलीय सत्ता गठबन्धनको कार्यदल बैठक आज पनि बस्दैछ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटका विषयमा हिजो भएको छलफल बिना निस्कर्ष टुंगिएपछि सहमतिको प्रयासका लागि आज पुनः बैठक बस्न लागेको हो ।  बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । हिजो प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलसहित बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकमा सिट बाँडफाँटबारे गम्भीर रुपमा छलफल भए पनि निष्कर्षमा पुग्न असफल भएको थियो ।