काठमाडौँ । सञ्चारकर्मी राजेन्द्र (राज) लुइँटेल यस वर्षको ‘पत्रकारिता सम्मान’ बाट सम्मानित भएका छन् । डेढ दशदेखि बढी पत्रकारिता क्षेत्रमा क्रियाशील रहेका लुइँटेल जिनियस म्युजिक अवार्डको तेश्रो संस्करण तथा वार्षिकोत्सवको अवसरमा नगदसहित सम्मानित भएका हुन् ।
राष्ट्रिय नाचघरमा भएको उक्त कार्यक्रममा मनोरञ्जन क्षेत्रमा कलम चलाउने सञ्चारकर्मीलाई सम्मान गरेको थियो । जस अन्तर्गत लुइँटेल र अर्का सञ्चारकर्मी सानुकाजी श्रेष्ठ सम्मानित भए ।
सञ्चारकर्मीद्वय लुइँटेल र श्रेष्ठलाई नगद पन्ध्र हजारसहित सम्मान–पत्रद्वारा सम्मान गरिएको थियो ।

सञ्चारकर्मी लुइँटेल राष्ट्र खबरका सञ्चालक हुन् । कार्यक्रम व्यवस्थापन सङ्घका उपाध्यक्ष, रेडियो, छापा सञ्चार, टेलिभिजनदेखि अनलाइन सञ्चारमाध्यममा आबद्ध भई काम गरिसकेको अनुभव उनीमा छ ।
यस्तै, जिनियस म्युजिक अवार्डको तेश्रो संस्करण तथा जिनियस म्युजिक क्रियसनको १८औँ वार्षिकोत्सव कार्यक्रममा दीर्घ साधना सम्मानबाट वरिष्ठ गीतकार तथा वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. भोला रिजाल, विशेष सम्मानबाट वरिष्ठ समाजसेवी राधिका शाक्यलाई सम्मान गरिएको थियो ।
















