नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनसँग चुनाव लड्नु एमालेको ‘नसिब’ मै लेखेको बताएका छन्। आइतबार नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन नेपालको आयोजित कार्यक्रमलाई बोल्दै अध्यक्ष ओलीले आगामी चुनावमा एमालले गठबन्धनसँग लड्नुपर्ने र यो कुरा नसिबमै लेखेको बताएका हुन्। ‘मंसिर ४ गते निर्वाचन आउँदैछ। हामीले गठबन्धनसँग चुनाव लड्नुपर्नेछ,’उनले भने,’ यो नसिबमै लेखेको छ।’ उनले गठबन्धनलाई इंगित गर्दै चुनावमा हारिने डरले एकअर्कोको सहारा लिएर चुनावमा जान लागेको आरोप लगाए।
उनले भने,’ ‘बाँच्नका लागि डुब्न लागेका बेला बग्दै गरेको त्यान्द्रो समाउँछ रे, त्यसले बचाउँछ कि बचाउँदै त्यो थाहा हुँदैन। त्यसैले यी डु्ब्न लागेका छन्। डुबिएला भनेर एकले अर्कोलाई, अर्कोलाई अर्कोलाई समात्दा समात्दै सबै डुब्छन्।’ गठबन्धनका नेतालाई लक्षित गर्दै उनले एमालेले हेप्यो भन्ने गरेको सुन्नमा आएको र यस्तो हो भने आफूहरुले अर्को मोर्चा बनाउन सक्ने बताए। उनले गठबन्धन एक्लै चुनावमा जाने हिम्मत गर्न नसक्ने दावी गरे। गठबन्धनहरु चुनाव भयो भने प्रतिगमन हुन्छ भनेर आत्तिएको उनको भनाइ छ। उनले गठबन्धनको अस्तित्व सकिएको अब यो एउटा पार्टी मात्रै रहेको उनको दावी छ। उनले भने,’ यो दलको रुपबाहेक अरु केही होइन।’ उनले बाढी पीडित र भू्कम्पले भत्काइएका घरहरु पुनरनिर्माण गरेर समयमै हस्तान्तरण गरेको बताए। अस्तित्व सकिएपछि एमालेविरुद्ध लागेको उनको आरोप छ। उनले गठबन्धन सरकार विनाशकारी सरकार भएको बताए। उनले गठबन्धन सरकार अलच्छिन सरकार भएको आरोप लगाए। उनले भने,’आज मैले एउटा आर्टिकल पढेको थियो, यो गठबन्धन सरकार भनेको अलच्छिनाहा सरकार लेखेको छ। हो यो अल्छिन सरकार हो। यो विनाशकारी सरकार हो।’
















