साझेदारी गर्नुहोस्

सदावहार नायक धीरेन शाक्य र हङकङ निवासी मोडेल तथा गायिका मञ्जु थापा अभिनित ‘माया लाउँदै जाऊ’ गीतको भिडियो सार्वजनिक भएको छ ।

केही समयअघि लाजिम्पाटस्थित नेपाली चुलो रेस्टुरेन्टमा एक कार्यक्रम मार्फत विशिष्ट व्यक्तित्व, कलाकार तथा सञ्चारकर्मीमाझ सो कार्यक्रम सम्पन्न गरिएको हो ।

गीत गायक आनन्द कार्की र गायिका साधना सरगमको सुमधुर स्वरले सजिएको छ भने संगीत सचिन सिंहको संगीत रहेको छ ।

ऐतिहासिक नगरि पाल्पाको रानीमहल लगायतको मनमोहक स्थानहरु समेटिएको यस् भिडियोमा मञ्जु थापाको निर्माण, कमल राईको निर्देशन तथा कोरियोग्राफी, उत्तम हुमागाईको छायांकन, प्रवीण श्रेष्ठको सम्पादन सुन्दर श्रेष्ठको पोस्टर डिजाइन, राजेश महर्जनको निर्माण व्यवस्थापन, सुरज बास्तोलाको ध्वनि नियन्त्रण र आर्या गुरुङको शृङार रहेको छ।

हास्यकलाकार गोपाल ढकाल ‘छन्दे’द्वारा सञ्चालित कार्यक्रममा समाजसेवी अशोक महर्जन, लाजिम्पाट वडा-२ का वडाअध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले भिडियो निकै नै राम्रो बनेको भन्दै शुभकामना व्यक्त गर्नु भएको थियो ।

गीतको भिडियोलाई आनन्द कार्कीको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।