साझेदारी गर्नुहोस्

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक सुरु भएको छ।  बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत हुने कार्यसूची रहेको छ। दिउँसो १ बजे बस्ने संसद बैठकमा नागरिकता विधेयकमाथि छलफल र पारित गर्नका लागि गृहमन्त्री बालकृष्ण खाणले प्रस्ताव पेश गर्ने संभावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

सरकारले सदनमा पेश गरेको नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९, छलफलका क्रममा छ। आजै विधेयकमाथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसदको महासचिव डा. भरतराज गौतमले जनाएका छन्। सरकारले यसअघि २४ असारमा संसद्‌मा दर्ता भएको नेपाल नागरिकता विधेयक, २०७५ (पहिलो संशोधन)  फिर्ता गरेर पुन: दर्ता गराएको हो। आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल विशेष सेवा विधेयक २०७६’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्। यस्तै गृहमन्त्री खाडले  राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको ‘कारागार विधेयक २०७६ माथि छलफल र पारित गर्नका प्रस्ताव प्रस्तुत गर्ने संभावित कार्यसूची छ।