साझेदारी गर्नुहोस्

सेयर कारोबारको अन्तिम दिन नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। यसदिन नेप्से ३४.७० अंकले घटेर १९९२.६२ विन्दुमा बन्द भएको छ।सेयर कारोबारको अघिल्लो दिन बिहीबार नेप्से परिसूचक १६.६० अंकले घटेको थियो।  सो दिन १ अर्ब ८० करोड ६२ लाख ४ हजार ७६५ रुपैयाँको सेयर कारोबार भएको थियो। यसदिन २१६ कम्पनीको ३० लाख ६३ हजार ४५३ कित्ता सेयर १ अर्ब १६ करोड ८४ लाख ४२ हजार ४४४ रुपैयाँमा खरिदबिक्री भयो।