साझेदारी गर्नुहोस्

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी साधनमा लेखिएको अश्लील, अपाच्य, गाली, कानूनविपरीत तथा समाजमा विकृति ल्याउने खालका साहित्यिक सायरी, कविता, गजल तथा विभिन्न भनाइ र लेखहरूलाई हटाउने अभियान सञ्चालन गरेको छ ।

सवारीका विभिन्न भागमा लेखिएका त्यस्ता सामग्रीले चालकको ध्यान मोडिन गई दुर्घटना निम्त्याएको पाइएपछि काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले उक्त अभियान थालेको जनाएको छ ।

नेपालको कानूनविपरीत महिला, बालबालिका, सीमान्तकृत समुदायलाई अपमान र अवहेलना गर्ने गरी कुनै पनि लेख रचना, कविता, सायरी वा कुनै पनि प्रकारका सामग्री प्रचारप्रसार गर्न वा लेख्न नपाइने भएकाले यसलाई अभियानकै रूपमा सञ्चालनमा ल्याइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।

अश्लील लाग्ने र द्विअर्थी लेखहरुले सामाजिक र मानसिकरूपमा खलल पुर्याउने, हिंसा र विकृति बढाउने र सडक सभ्यतामा पनि आँच पु¥याउने भएकाले त्यस्ता गतिविधि रोक्नतर्फ ट्राफिक प्रहरी लागिपरेको हो ।