नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले संसदीय समितिको छानविनबाट अर्थमन्त्री जनार्दन शर्मा निर्दोष साबित हुने आशा व्यक्त गरेका छन् । संसद् बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पुनले छानविनबाट निर्दोष साबित भएपछि शर्मा नै पुन: अर्थमन्त्री बन्ने दाबी समेत गरेका हुन् । उनले प्रश्न उठेपछि राजीनामा दिएर मन्त्री शर्माले उच्च नैतिकता देखाएको जिकिर गरे । उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले छानबिन अघि नै शर्मामाथि कारबाहीको माग गरेकोमा आपत्तिसमेत जनाए । बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नबारे प्रश्न उठेपछि अर्थमन्त्री शर्माले बुधबार पदबाट राजीनामा दिएका छन् । प्रतिनिधिसभामा सम्बोधन गर्दै अर्थमन्त्रीले राजीनामा दिएका हुन् । अर्थमन्त्री शर्मामाथि छानविन गर्न ११ सदस्यीय छानविन समिति गठन भएको छ ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण






















