साझेदारी गर्नुहोस्

बुटवल उपमहानगरपालिकामा ३०० मत गणना हुँदा मेयरमा नेपाली कांग्रेसले अग्रता लिएको छ । सार्वजनिक गरिएको मत गणना अनुसार मेयरमा नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डेयले १३० मत ल्याएर अग्रता लिएका छन् । अहिलेसम्मको परिणाम अनुसार राप्रपा दोस्रो स्थानमा छ । राप्रपाका मृगेन्द्रकुमार शेरचनले ६६ मत ल्याएका छन् । तेस्रो स्थानमा एमाले रहेको छ । एमालेका बाबुराम भट्टराईले ४५ मत पाएका छन् ।