साझेदारी गर्नुहोस्

काठमाडौँ – महामारीका कारण रोकिएको प्रतिक्षित चलचित्र ‘लक्का जवान’को ट्रेलर सार्वजनिक भएको छ  । हाँस्य कलाकार शिवहरी पौडेलको डेब्यु निर्देशन रहेको ‘लक्का जवान’ ओएसआर डिजिटल युट्यब च्यानलबाट रिलिज भएको छ ।   ट्रेलर रिलिजसंगै लक्का जवान टिम प्रदर्शनको प्रचार प्रसारमा तिव्र रुपमा लाग्ने भएको छ । पहिले नै सार्वजनिक प्रदर्शनको तयारीमा रहेको चलचित्र कोरोनाको कहरका कारण रोकिएको थियो ।

केही गीत सार्वजनिकको अलवा प्रचार प्रसार समेत गरेर पनि सार्वजनिक स्थगित भएको चलचित्र ‘लक्का जवान’मा मदनकृष्ण श्रेष्ठ,किरण केसी, सरोज खनाल, स्व.जयनन्द लामा,दीलिप रायमाझी, शिवहरि पौडेल, सुरेन्द्र केसी, वर्षा सिवाकोटी, प्रियंका कार्की, राजाराम पौडेल, सलोन बस्नेत लगायतको अभिनय रहेको छ । पहिला नै दुई गीत सार्वजनिक गरिसकेको चलचित्र वैशाख २३ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउँदैछ ।

किरण केसी, दीलिप रायमाझी र शिवहरि पौडेल कार्यकारी निर्माता रहेको यो चलचित्रको सह-निर्मातामा सुरेन्द्र केसी र दिपेन्द्र खनिया हुनुहुन्छ । ‘लक्का जवान’वालक देखि वृद्ध सम्मका सवैको मन छुने कथाको बिषयमा बनेको कमेडी चलचित्र हो ।आमा बंगलामुखी फिल्म प्रडक्सनको प्रस्तुती एवं ध्रुव वन्तको निर्माण रहेको चलचित्रमा लोकप्रिय र चर्चित कलाकारहरुको जम्बो टोलीका कारण पनि यसको प्रदर्शन प्रतिक्षित बनेको छ ।