साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से घटेको छ । ३०. ८९ अंक घटेर नेप्से २५१३ अंकमा कायम भएको छ । कारोबार रकम जम्मा १ अर्ब ४६ करोडमा खुम्चिएको छ । कुल १९ कम्पनीको मूल्य बढ्दा १७२ को घट्यो, ४ को स्थिर रहृयो । सबै उपसमूह घटेका छन् । बैंकिङ ८, विकास बैंक ५५, फाइनान्स ३०, होटल तथा पर्यटन २३, जलविद्युत ३९, लगानी १, जीवन बीमा २१६, उत्पादन ४९, माइक्रोफाइनान्स ६८, निर्जीवन बीमा १७४, अन्य ६४ र ब्यापार उपसमूह २८ अंकले घटे । तीन कम्पनीको मूल्य भने १० प्रतिशतले बढेको छ । राष्ट्र उत्थान लघुवित्त, इमर्जिङ नेपाल र नेस्डो लघुवित्तको मूल्य १० प्रतिशतले बढेको हो । कारोबार रकमका आधारमा सूर्या लाइफ, सिद्धार्थ इन्स्योरेन्स, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेसन क्रमशः सबैभन्दा अगाडि रहे ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण