साझेदारी गर्नुहोस्

चिनियाँ दूतावासका प्रवक्ता लुअन सीउतानले शुक्रबार राति चिनियाँ पक्षको भनाइलाई सार्वजनिक गर्दै नेपालस्थित चिनियाँ दूतावाससँगको छलफल र सहकार्यमा नेपाल प्रहरीले घटनालाई उचित रुपमा सम्बोधन गरेको जनाएको छ ।चिनियाँ नागरिकले आफ्नो मुलुक फर्कन पाउनु पर्‍यो भन्दै शुक्रबार दिउँसो सिंहदरबारको मुख्य गेटअगाडिको निषेधित क्षेत्रमा प्रदर्शन गरेका थिए । त्यस क्रममा झडप हुँदा केही चिनियाँ नागरिक र प्रहरी घाइते भएका थिए ।

sf7df8f}F, @^ j}zfvM
lrlgofF ko{6s b]z kms{g dfu
ns8fpgsf sf/0f k};f ;lsP/ ;d:ofdf k/]sf lrlgofF ko{6s Kn]sf8{;lxt l;x+b/af/ cufl8 cfˆgf] b]z kms{g dfu ub}{ . tl:a/ Mk|bLk/fh jGt÷/f;;

प्रहरीले उक्त स्थानबाट करिब ४५ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो भने प्रहरीमाथि हातपात गर्नेविरुद्ध मुद्दासमेत लगाउन लागेको छ । चिनियाँ नागरिकहरु शुक्रबार बिहान चिनियाँ दूतावासअघि पुगेर प्रदर्शन गर्न खोजे पनि प्रहरीले रोकेको थियो । शुक्रबार बिहान  सिंहदरबारको चिनिया नागरिक र प्रहरी बीच प्रदर्शन को क्रम मा झडप भएको थियो । दूतावासले नेपालमा धेरै संख्यामा चिनियाँ नागरिक अड्किएका कारण चीनले अस्थायी उडानको व्यवस्था गर्दै समस्या परेका करिब ३ सय ४० चिनियाँलाई यसअघि पठाइसकेको जनाएको छ ।