६४औं राष्ट्रिय सहकारी दिवसको अवसरमा लक्ष्यराइज बचत तथा ऋण सहकारी संस्थाले काठमाडौंकाे गोंगबुमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सहकारीसँगै किवानिज क्लब अफ काठमाडौं भ्याली र लायन्स क्लब अफ काठमाडौं मनास्लुकाे संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा १३७ जनाले रक्तदान गरे । किवानिज इन्टरनेसनलका नेपाल डिस्ट्रिक्ट गभर्नर मोहन लम्साल लगायत डिस्ट्रिक्ट पदाधिकारीहरूको विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको सहकारीका अध्यक्ष सहदेव तिमल्सिनाले बताए । आयोजकहरूको समूहले तीन तीन महिनामा रक्तदान कार्यक्रम गर्दै आएको छ । तीन महिनाअघि चावहिल गणेशस्थानमा रक्तदान गरिएको थियो । तिमल्सिनाका अनुसार, तीन महिनापछिको रक्तदान कलंकीमा गर्ने तय भएको छ ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण