साझेदारी गर्नुहोस्

नेकपा (एमाले)को माधव नेपाल पक्षले आफूपक्षीय युवा संघको छुट्टै केन्द्रीय कार्यालयको उद्घाटन गरेको छ ।बबरमहलस्थित कार्यालयको नेता माधवकुमार नेपालले बुधबार एक कार्यक्रमकाबीच उद्घाटन गरे । पार्टीभित्र सामानान्तर संगठन बनाइरहेको नेपाल पक्षले ८ चैतमा युवासंघको छुट्टै नेतृत्व चयन गरेको थियो । नरेशकुमार शाहीको नेतृत्वमा ५० सदस्यीय युवासंघ नेपाल पक्षले गठन गरेको थियो ।