साझेदारी गर्नुहोस्

नेपालगन्जमा शुक्रबारदेखि अत्यावश्य सामान खरिदका लागि चार घण्टा खुकुलो पारिने भएको छ । बिहीबार बसेको सर्वपक्षीय बैठकले शुक्रबार बिहान ११ देखि दिउँसो ३ बजेसम्म अत्यावश्यक सामान खरिदका लागि खुकुलो पार्ने निर्णय गरेको हो । नेपालगंजमा चलिरहेको निसेधाग्य बिहिबार राति बाट सकिएको छ ।नेपालगन्जमा एउटै टोलबाट २३ जनामा कोरानाको संक्रमण देखिएपछि सर्वपक्षीय बैठकले तीन दिन निषेधित क्षेत्र घोषणा गरेको थियो । नेपालगन्जमा एकजना कोरोना संक्रमित पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङ गर्दै जाने क्रममा एउटै टोलका २३ जनालाई संक्रमण भएको पाइएको थियो ।

११ देखि ३ बजे सम्म अतिअवसेक सामाग्री किन्न लाइ ४ घण्टा खुकुलो गरिदै हो , सवारी साधन र अरु सेवा हरु पूर्ण रुप मा नै बन्द अहुने छ । पैदल हिँडेर ११ बजे देखि ३ बजेसम्म अत्यावश्यक सामान खरिद गर्न सकिन्छ । चार घण्टाबाहेक घर बाहिर निस्कन पाइने छैन ।