साझेदारी गर्नुहोस्

गौतम बुद्ध को केहि उपदेश हरु ;

  • कामको परिणामले अनिवार्य रुपमा त्यस्तै प्रकारले पिछा गर्दछ, जसरी रातले दिनको पिछा गर्दछ ।
  • तिमी मेरो कुरा परीक्षण गरेर मात्र स्वीकार गर ।
  • पाप तथा हित नगर्ने कर्महरु गर्न सजिलो हुन्छ, धार्मिक तथा हितकर कर्म गर्न कठिन हुन्छ ।
  • आफनो दुःख नातागोताहरुप्रति निर्दयी नबन्नु, सबैप्रति दया हुनु नै धर्म हो ।
  • जीव हिंसाबाट विरक्त हुनु, चोरीबाट टाढा हुनु, मिथ्याबाट टाढा हुनु, यसलाई नै पवित्रता भनिन्छ ।
  • असल हृदय भएकालाई अलिकति व्यापक परिश्रम पनि कल्याणकारी नै हुन्छ ।
  • मिथ्या दृष्टि सम्पन्न मानिसहरुको कहिल्यै पनि सदगति हुन सक्दैन ।
  • मानिसले मानिसप्रति गरिने अनुचित व्यवहारको परिणत नै मानिसको दुःख हो र दुःखको नाश केवल धर्मले मात्र गर्न सकिन्छ ।
  • दयाको पात्र त्यही व्यक्ति हुन्छ, जो विशाल धनराशीबीच डुबेर पनि तृष्णामा बसिभूत हुन्छ ।
  • जीवन ऐर्श्वर्य र अधिकारप्रतिको आशक्तिले मानिसलाई दास बनाउँछ ।
  • दुर्वचन पशुहरुलाई समेत अप्रिय लाग्दछ ।
  • नैतिकता खराब छ भने तयसको मतलब हो मानिसले खराब काम गर्नु ।
  • ध्यान पुरस्कार ठूलो हुन्छ, ध्यानको कलामा आफूलाई तालिम दिने मानिस सत्यको वीचमा पुग्दछ ।
  • आँखाले कुनै पनि वस्तुलाई देखेपछि त्यसका सामान्य स्वरुप वा वर्णनाट आकषिर्त नहोऊ ।
  • दुष्ट मन भएको मानिसले दुष्ट बोली बोल्छ, शुद्ध मन भएकोले शुद्धी बोली बोल्छ ।