अधिवक्ता रमेश बडाल महान्यायाधिवक्ता नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिशमा नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम बडाललाई नेपालका महान्यायाधिवक्तामा नियुक्त गरेकी हुन् । यसअघि राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीमार्फत महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आजैदेखि लागु हुने गरी पदबाट राजीनामा दिएका थिए । राष्ट्रपतिले खरेललाई महान्यायाधिवक्ताका हैसियतले गरेको कार्यसम्पादनप्रति धन्यवाद व्यक्त गरेकी छन् । नवनियुक्त महान्यायाधिवक्ता बडालको शपथ आइतबार हुने जनाइएको छ ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण