साझेदारी गर्नुहोस्

उपाधि होडमा निकै बलियो बनेर प्रस्तुत भएको म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा शानदार जित दर्ता गरेको छ ।

घरेलु मैदानमा भएको खेलमा सिटीले साउथह्याम्पटनलाई ५–२ ले पराजित गरेको हो ।

उसका लागि केविन डी ब्रूयनाले १५ र ५९ औँ तथा रियाद महरेजले ४० र ५५ औँ मिनेटमा गरि दुई–दुई गोल गरे ।

इल्केयी गुण्डोगानले पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा गोल गरे । साउथह्याम्पटनका लागि वार्ड–प्रावसीले २५ औँ मिनेटमा पाएको पेनाल्टीमा तथा एडम्सले ५६ औँ मिनेटमा गोल गरे ।

जितपछि शीर्ष स्थानको म्यानचेस्टर सिटीको २९ खेलबाट ६८ अंक भएको छ । दोस्रो स्थानको म्यानचेस्टर युनाइटेड १४ अंकले पछि छ र उसले एक खेल कम खेलेको छ ।