नेपाल वायुसेवा निगमको वाइडबडी विमान ए-३३० बुधबार दिउँसाे अष्ट्रेलिया उडेको छ । यो उडान काठमाडौंबाट मलेसिया हुँदै सिड्नी पुग्ने छ | यो जहाजमा अष्टे्रलिया र न्यूजिल्याण्ड २८१ जना यात्रु रहेको नेपालस्थित अष्ट्रेलियन दूतावासले जनाएको छ । काठमाडौंबाट मलेसिया ४ घन्टा ४० मिनेट र त्यहाँबाट सिड्नी ८ घन्टाको समय लाग्ने निगमले जनाएको छ । यो जहाज सिड्नी पुगेर नेपाल भने रित्तै र्फकनेछ र सिड्नीबाट भने निगमको वाइडबडी मलेसिया नगई सिधै साढे १२ घन्टा जतिमा बिहीबार बेलुकी काठमाडौं फर्किने तालिका रहेको छ । नेपाल एयरलाइन्सको यो दोस्रो अष्टे्रलिया उडान हो । दूतावासले तीन दिनअघिदेखि नै काठमाडौंबाहिर रहेका अष्ट्रेलियाली नागरिक तथा पीआर भएका नेपाली तथा उनीहरुका आफन्तलाई यो उडानका लागि काठमाडौंमा जम्मा गरेको थियो । यसमा ५ जना न्युजिल्याण्डका नागरिक पनि छन् । यस उडानमा यात्रु स्वयमले नेपाल एयरलाइन्सबाटै सिधै टिकट काटेका छन् ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण