साझेदारी गर्नुहोस्

फाल्गुन १ – धादिङ्ग जिल्लाको पृथ्वी राजमार्ग अन्तर्गत चारौंडी बजारमा शनिबार बिहान माइक्रोबसले एउटा ट्रकलाई ठक्कर दिंदा दुई व्यक्तिको मृत्यु भएको छ भने ५ जना गम्भीर घाइते भएका छन्। नवलपरासीबाट काठमाडौं जाँदै गरेको बा ३ ख ८४ नम्बरको ट्रकलाई धादिंग जिल्लाको बेनीघाटमा दुर्घटना भएको हो। मृत्यु हुनेहरुमा देवचुली नगरपालिका १६ का ५० वर्षीय हिरामया गुरुङ र नवलपरासी राजहर निवासी ६५ वर्षीया कृष्णकुमारी केसी रहेको इलाका प्रहरी कार्यालय गजुरीका डीएसपी युवराज खड्काले जानकारी दिए। दुर्घटनामा परी घाइते भएका ५ जनालाई उपचारका लागि चितवनको ओल्ड मेडिकल कलेज पठाइएको छ।