माघ १३ – नेपाली कांग्रेस (एनसी) ले मेडिकल शिक्षा आयोगले एमबीबीएस शुल्कमा भएको वृद्धिको आलोचना गरेको छ। आइतवार विज्ञप्ति जारी गर्दै नेका शिक्षा विभागका सचिव डा कृष्णप्रसाद पौडेलले मेडिकल कमिशनले शुल्क बढाउने निर्णयको निन्दा गरे। गत बर्षको तुलनामा आयोगले मेडिकल शिक्षा शुल्क ८००,००० बढाइएको छ। गत वर्ष एमबीबीएसका लागि शुल्क ४,०२३,२५० मात्र थियो। “यो निर्णय ओली सरकार र डा गोविन्द केसीबीच भएको सम्झौताको भावना विपरीत हो,” पौडेलले विज्ञप्तिमा भनेका छन्। कांग्रेसका केन्द्रीय कमिटी सदस्य तथा विभाग प्रमुख हरिप्रसाद नेपालको अध्यक्षतामा रहेको विभागको बैठकले सरकारले मनमानी ढंगलेले बढाइएको शुल्क फिर्ता गरी र पुरानो एमबीबीएस शुल्क फेरि कायम गर्न माग गरेको छ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण