साझेदारी गर्नुहोस्

नेपालगन्जमा भोली २३ गते देखी २५ गते सम्मको लाई कर्फ्यु लग्ने भएको छ । भोली बिहान ११ बजे देखी २५ गतेको राती सम्म नेपाल गन्ज पूर्ण निसेधित छेत्र हुनेछ । हिजो एकै पटक १५ जनामा कोरोना सन्क्रमन देखिएको थियो र अजै धेरै जनामा सन्क्रमन भको आसन्कामा कर्फ्यु लगैएको छ । अब त्यहाँ कन्ट्यक्ट ट्रसिङको आधार थप परिछण हरु हुने छ ।

कर्फ्युको समयमा नेपालगन्जमा औषधि पसलबाहेक सबैखाले पसल, व्यवसाय खोल्न नपाइने प्रजिअ खड्काले बताए । बाँकेमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि प्रदेश ५ सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालसहितको टोली सोमबार नेपालगञ्ज पुगेर कम्तीमा तीन दिन कर्फ्यु लगाउन जिल्ला प्रशासनलाई सुझाव दिएको थियो ।