साझेदारी गर्नुहोस्

सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तर्गत महिला तर्फको खेलमा नेपालले पुलिसले लगातार तेस्रो जित हात पारेको छ ।

त्यस क्रममा पुलिसले आज सोमबार आर्मीलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।

पहिलो सेटदेखि नै आर्मीमाथि हाबी भएको पुलिसले २५-१८,२५-१२ र २५-१८ ले खेल आफ्नो पक्षमा पारेको छ ।

यससँगै पुलिस तीन खेलमा अपराजित रहँदै ९ अंकसहित तालिकाको शीर्ष स्थान रहेको छ ।