साझेदारी गर्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अनुरोधमा प्रतिनिधिसभाको आजको बैठक दुई घण्टापछि सारिएको छ।
सदनको अवरोध हटाउन छलफलमा रहेका प्रधानमन्त्रीले सभामुख देवराज घिमिरेलाई टेलिफोन गरी बैठक केही पछि सार्न अनुरोध गरेपछि १ बजे बोलाइएको बैठक ३ बजेलाई सारिएको हो।

टेलिफोन संवादका क्रममा सभामुख घिमिरेले तीन शीर्ष नेताबीचको छलफलले सदन खुलाउन सकारात्मक निष्कर्ष निकाल्न शुभकामना दिएका छन्।