साझेदारी गर्नुहोस्

मध्याह्न १२ बजे बस्ने तय भएको मन्त्रिपरिषद् बैठकमा सरकारले शुक्रबार संघीय संसद्मा पेश गर्ने नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची रहेको एक मन्त्रीले जानकारी दिए।
राष्ट्रपति रामचन्द्र पौडेले संघीय संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन्।

नीति तथा कार्यक्रम प्रस्तुत गर्न संघीय संसद्को बैठक अपराह्न ४ बजे बोलाइएको छ।

राष्ट्रपति निर्वाचित भएपछि पौडेलले पहिलोपटक नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेका हुन्।