साझेदारी गर्नुहोस्

दाङको देउखुरीमा राप्ती नदीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

बिहीबार बेलुका ४ बजे राप्ती नदीमा नुहाउने क्रममा डुबेर प्युठानको झिमरूक गाउँपालिका-८ टिमुरेचौरका १३ बर्षका विवेक सुनारको मृत्यु भएको हो ।

उनको शव शुक्रबार मध्यान्ह करिव १२ बजे फेला परेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख उज्जवलबहादुर सिंहले जानकारी दिए । मृतक बालकको शव पोष्टमार्टमका लागि लमही अस्पतालमा लगिएको छ ।