साझेदारी गर्नुहोस्

पुष ३ – मुख्य जिल्ला अधिकारी (सीडीओ) लगायत गृह मन्त्रालयका १८ कर्मचारीलाई सरुवा गरिएको छ। शुक्रबार मन्त्रीस्तरीय निर्णय अनुसार उनीहरूलाई सरुवा गरियो। मन्त्रालयका सहसचिव धुंडी प्रसाद निरौलालाई ललितपुरका सीडीओको जिम्मेवारी दिइएको छ। निरौला पहिले वीरगञ्ज भन्सार कार्यालयका प्रमुख थिए। त्यहाँबाट उनी गृह मन्त्रालय गए र ललितपुर सारिए धनकुटाका सीडीओ केशवप्रसाद बिमलीलाई महोत्तरीको जिम्मेवारी दिइएको छ। गृह सचिव बासुदेव दाहाललाई धनकुटा सीडीओको जिम्मेवारी दिइएको छ।