साझेदारी गर्नुहोस्

सोमबार सुनको भाउ तोलामा ३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ १ लाख ३७ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ३६ हजार ९ सय रुपैयाँ थियो । जेठ ७ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँ पुगेको थियो ।