नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले विकासका काममा ध्यान केन्द्रित गर्न नसकेको आरोप लगाएका छन् । झुलाघाट–चिवाभञ्ज्याङ यात्राअन्तर्गत आइतबार नुवाकोटमा आयोजित अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओलीले एमाले नेतृत्वको सरकारले विकासका धेरै कामको सुरुवात गरेपनि वर्तमान सरकारले विकासको काममा ध्यान केन्द्रित गर्न नसेकेको आरोप लगाएका हुन् । उनले टोखा छहरे सुरुङमार्गलगायत रेलमार्गका विषयमा एमाले सरकारले छलफल सुरु गरेपनि अहिले विलम्व भएको जिकिर गरे । ओलीले एमाले सरकारमा नभएपछि विकास निर्माणमा ढिलासुस्ती हुनु स्वभाविक भएको बताए । उनले नेपाल स्वाधीन स्वतन्त्र देश भएकाले आफैँले त्यसको सम्मान गर्नसक्नुपर्नेमा जोड दिए । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाएपनि विमान उठाउन सरकार डराइरहेको उनले बताए ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
सरकारले विकासका काममा ध्यान केन्द्रित गर्न सकेन : केपी ओली
















