नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा आज पनि बहस हुँदैछ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा जारी बहस हिजो नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।
हिजोको बहसमा जाहेरवाला र सरकारी वकिलहरूको बहस सकिएपछि सन्दीप पक्षका वकिलहरूको बहस सुरु भएको छ । सन्दीपका पक्षका वकिलको बहसपछि जाहेरवाला र सरकारी वकिलका तर्फबाट जवाफी बहस हुनेछ । जवाफी बहस सकिएपछि अन्तिम फैसला आउने छ । सम्भवतः आजै या भोलिसम्ममा यो मुद्दाले अन्तिम किनारा पाउने सम्भावना छ ।

















