पुष १२ – रेसुंगा नगरपालिका १३ मासिनेखोलामा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। यो दुर्घटना आज बिहान भएको थियो। दुर्घटनामा परी २३ बर्षे बालकृष्ण भुतेल र रेसुंगा नगरपालिका १३ का २४ वर्षीय टोपबहादुर रजाली रहेको प्रहरीले जनाएको छ। न. ५ ख. ३२०४ बुटवलबाट गुल्मीको ताम्घास तर्फ जाँदै गरेको उक्त ट्रकले दुई युवकलाई ठक्कर दिएको हो। दुवैको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गुल्मी प्रवीणलाल श्रेष्ठले बताए। ट्रक चालक गोपाल टण्डनलाई आवश्यक कारबाहीको लागि प्रहरी हिरासतमा राखिएको छ। घटनाको अनुसन्धान सुरु गरिएको छ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
सडक दुर्घटनामा दुईको मृत्यु
















