साझेदारी गर्नुहोस्

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान सरकार परिवर्तन गर्नुपर्ने बताएका छन् । बिहीबार साँझ विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले नेकपा माओवादी नेतृत्वको सरकार परिवर्तनको विकल्प नभएको बताएका हुन् ।

जनताको समस्या समाधान गर्न वर्तमान सरकार असफल भइसकेको उनको भनाई छ । ‘ अहिलेको सरकार जतिसक्दो परिवर्तन गर्नुपर्छ र सरकारको नेतृत्व कांग्रेसले लिनुपर्छ । अहिलेको नेतृत्वबाट देशले निकास पाउँदैन । यो सरकार असफल भइसक्यो ।’ कांग्रेस नेतृत्वको सरकारले मात्रै देशलाई विकासको बाटोमा अगाडी बढाउने उनको दाबी छ । उनले देशमा विद्यमान समस्या समाधान गर्न पनि कांग्रेस नेतृत्वको सरकार आवश्यक भएको बताए ।