साझेदारी गर्नुहोस्

कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ । कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा १० लाख २ हजार ३८३ जनाको मृत्यु भएको छ भने ३ करोड ३३ लाख ३ हजार २०९ जनालाई कोरोना संक्रमण भएको छ । त्यस्तै २ करोड ४६ लाख ३४ हजार ६१ जना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६५ हजार ११४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै विश्वमा अहिले उपचाररतको संख्या ७६ लाख ६६ हजार ७६५ रहेको छ ।